परिचय (Introduction)

नेपाल राज्यका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरुको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित अर्घाखाँची उद्योग वाणिज्य संघ हो । यो संघ वि.सं. २०४४ सालमा अर्घाखाँचीमा स्थापना भएको हो । स्थापनाकालमा ७ वटा मात्र सदस्य थिए ।
अर्घाखाँची उद्योग वाण्ज्यि संघले नेपालको उद्योग वाणिज्यको प्रवद्र्धन गर्नुको साथै नेपाली उत्पादनको व्यापार प्रवद्र्धनमा पनि काम गर्दछ । यसले अन्य जिल्लाका उद्योग वाणिज्य संघहरुसँग सम्पर्क गरी काम गर्ने छ ।
हाल संघमा ५१२ भन्दा बढि साधारण स्थानिय निकाय र सहयोगी संस्थाहरुसँग हातेमालो गर्दै सम्पूर्ण उद्योगी तथा व्यापारीहरुको सेवामा तल्लीन हुँदै एक प्रभावकारी र सशक्त संगठनको रुपमा संघ स्थापित भइसकेको छ ।

दुरदृष्टि (Vision)

संघका सबै बजार क्षेत्रमा शाखा विस्तार तथा सचिवालय स्थापना गर्दै सबै क्षेत्रमा व्यवसायीहरुको प्रतिनिधित्व भएको र गुणस्तरीय सेवा प्रदान गर्दै पर्यटन प्रवद्र्धन गर्ने, सामाजिक विकासमा अग्रणी भूमिका निर्वाह गर्ने संघको रुपमा अर्घाखाँची उद्योग वाणिज्य संघलाई विकसित गर्ने ।

ध्येय (Mission)

उद्योग व्यवसायीहरुको हकहितको संरक्षण्ण र सम्वद्र्धन गर्दै जिल्लाको अवसरको रुपमा रहेका कृषि, वन, पर्यटन, जलश्रोत र जिल्लामा सम्भावना बोकेको नौमुरे जलविद्युतको माध्यमबाट आर्थिक तथा सामाजिक विकास गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने यस संघको ध्येय रहेको छ ।
यस संघले अर्घाखाँची जिल्लाका सबै क्षेत्रलाई समेटेर सेवा विस्तार गर्नको लागि जिल्लामा हाल ३ वटा शाखा विस्तार भई सेवा सुरु भएको र अन्य क्षेत्रमा पनि शाखा विस्तारका कार्य अगाडी बढीरहेको छ । हाल ठुलापोखरा, वाङ्गला र अडगुरी मा शाखाहरु रहेका छन् । व्यवसायी बन्न चाहाने तथा व्यवसायमा तल्लीन व्यवसायीहरुलाई यस संघले समय समयमा विभिन्न तालिम तथा गोष्ठीहरुको आयोजना गर्ने गरेको छ । यस्ता लक्षित वर्गहरुमा विषेश गरी महिला, दलित, जनजाती, पिछडिएको, एकल महिला तथा विपन्न वर्गका रहेका छन् ।

सदस्यता विवरण :

यस संघको विधानमा व्यवस्था भए बमोजिम हाल निम्न सदस्य रहेका छन् ।
साधारण सदस्य : ५१२
आजीवन सदस्य : ०
वस्तुगत संगठित सदस्य : ०
एशोसिएट सदस्य : ०
कर्मचारी : २