एक जिल्ला एक उत्पादन (ODOP) कार्यक्रम

जिल्लाः अर्घाखाँची

जिल्लाको मौलिक पहिचान भएका वस्तु तथा सेवाको उत्पादन तथा प्रर्वद्धन गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारी अन्तर्गत कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रको सर्हकार्यमा उद्योग स्थापना, संचालन र बजारीकरण कार्यक्रम संचालन गरी सन्तुलित आर्थिक विकास एंव रोजगारी श्रृजना गरी गरिवी निवारण गर्न एक जिल्ला एक उत्पादन कार्यक्रम लागु भएको हो । यस कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा मौलिक पहिचान भएका वस्तु तथा सेवाको उत्पादन तथा प्रर्वद्धन गर्नु हो । यस कार्यक्रम सञ्चालन गर्ने भुमिकामा निजी क्षेत्र तथा सार्वजनिक क्षेत्र दुवैको भुमिका रहेको छ ।

मौरीपालन व्यवसायलाई व्यवसायीमुखी बनाउनको लागि अर्घाखाँची मह उद्योग प्रा.ली. मार्फत आधुनिक घार वितरण, निजि क्षेत्रमा शेयर लगानीकर्ता बढाउने जस्ता कार्यहरु अर्घाखाँची मह उद्योग प्रा.ली.ले गर्दै आइरहेको छ ।

20160606_131154
अर्घाखाँची मह उद्योग

20160606_131057